२०८२ असोज २६ गते आइतवार | 2025 October 12th Sunday

काठमाडौं आउँदै गरेको विमान अचानक लखनऊ किन पुग्यो ?

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको जहाज भारतको लखनऊ ‘डाइभर्ट’ भएको छ।

विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा ‘मिस एप्रोच’ का कारण जहाज अवतरण गर्न नसकेको हो। ‘टीएलएम २२०’ उडान नम्बरको उक्त विमान थाइल्यान्डको बैंककबाट काठमाडौं आइरहेको थियो।

विमानस्थलका एक अधिकारीका अनुसार, अवतरणका क्रममा आवश्यक शतप्रतिशत तयारी नपुगेपछि पाइलटले सुरक्षा मापदण्डअनुसार विमानलाई ‘ओभरसुट’ गराएर लखनऊतर्फ डाइभर्ट गरेका हुन्।

हाल विमान लखनऊमा सुरक्षित रूपमा अवतरण भएको र पुनः उडान तालिकाबारे समन्वय भइरहेको विमानस्थल स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस