२०८२ असोज २० गते सोमवार | 2025 October 6th Monday

विश्वकपको छनोटको तयारी : आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ।

विश्वकप छनोट अघि अभ्यास खेलमा व्यस्त नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४:१५ बजे सुरु हुनेछ। विश्वकपको छनोट अघि नेपाल क्रिकेट संघ (क्यान)ले दुई वटा अभ्यास खेलमा सहभागी गराएको हो।

यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो। शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार
प्रतिक्रिया दिनुहोस