२०८२ कार्तिक २९ गते शुक्रवार | 2025 November 14th Friday

प्रधानमन्त्रीसहित ८ मन्त्रीहरूको सम्पत्ति सार्वजनिक, दुई जनाले गरेनन् (नामसहित)

काठमाडौं । काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आज आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्रि तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएका छन् ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डलमा यसअघि नै सातजना मन्त्रीले सम्पत्ति विवरण बुझाइसकेका छन् । अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार र खेलकुदमन्त्री बब्लु गुप्ताले विवरण बुझाइसकेका हुन् ।

जेनजी आन्दोलनको बलमा बनेको १० सदस्यीय मन्त्रिमण्डलमा सञ्चारमन्त्री जगदीश खरेल र स्वास्थ्यमन्त्री सुधा शर्मा गौतमले भने अझै सम्पत्ति विवरण बुझाउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस