काठमाडौँ । नेपाल समाजवादी पार्टी नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र शुक्रबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० छोडेका सचिवालय सदस्य सन्तोष परियारबीच ५ बुँदे सहमति भएको छ । नेसपा नयाँ शक्तिकी संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती र सन्तोष परियारबीच आज ५ बुँदे सहमति भएको हो। बाबुराम भट्टराईले अध्यक्ष परित्याग गरेपछि सोव संयोजक बनेकी थिइन्, किराँती जनार्दन शर्मा नेतृत्वको अभियानमा छन् भने परियार आजै रास्वपा छाडेर आएका हुन् ।
हस्ताक्षर समारोहमा नेसपा नयाँ शक्तिका डा बाबुराम भट्टराई, प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मालगायत सहभागी छन् । देशको गम्भीर अर्थ(राजनीतिक संकट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणविरुद्ध भएको जेनजी आन्दोलनको पृष्ठभूमिमा चुनौतीपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने र नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्षका साथ नेपाल समाजवादी पार्टी नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधिसभाका निवर्तमान सदस्य सन्तोष परियारबीच सहमति सम्पन्न भएको छ ।

