२०८२ माघ २५ गते शनिवार | 2026 February 7th Saturday

भीम रावलले खेले ठूलो राजनीतिक खेल, अब के हुन्छ ?

काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ।

आइतबार, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेतृत्वको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय निश्चित भएको हो।

यसै सन्दर्भमा, आगामी कात्तिक बुधबार (२६ गते) पार्टीले ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गर्ने तयारी गरेको नेपाली कम्युनिस्ट पार्टी का नेता प्रकाश ज्वालाले जानकारी दिए।

प्रकाशित मिति : २०८२ कार्तिक २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस