२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

कांग्रेसको ठूलो निर्णय : ५ बुँदे कार्ययोजना सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । मुलुकमा उत्पन्न विषम राजनीतिक परिस्थिति बीच नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको সভাপतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पाँच बुँदे निर्णय सार्वजनिक गर्दै राजनीतिक निकासको एकमात्र उपाय निर्वाचन नै भएको निष्कर्ष निकालेको हो।

जेनजी पुस्ताका युवाहरूको आन्दोलनका क्रममा भदौमा देखिएको हिंसात्मक घटना, संसद विघटन र अन्तरिम सरकार गठनपछि उत्पन्न अनिश्चितताबारे धारणा सार्वजनिक गर्दै कांग्रेसले संविधानको रक्षा र आन्दोलनको जायज मागलाई संस्थागत गर्न चुनावमा जानु अपरिहार्य भएको जनाएको छ।

बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्ने जिम्मेवारी मुख्य सचिवलाई बुझाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस