काठमाडौं । डा. निकोलस भूसाल भर्खरै पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ परेका हुन् । उनलाई अब प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए ।
प्रहरीले उनलाई निगरानीमा राखेको थियो । जेनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओली, काठमाडौंका मेयर बालेन शाहविरुद्ध अभिव्यक्ति दिँदै आएको भूसाल पक्राउ परेका हुन् । उनी आगामी चुनावपछि प्रधानमन्त्री बन्ने घोषणा गर्दै अभियान सञ्चालन गरिरहेका थिए । यसअघिपनि काठमाडौंको माइतीघर मण्डलाबाट डा. भुसाल पक्राउ परेका थिए । पक्राउपछि प्रतिवन्धित लागूऔषध सेवन गरेको भन्दै प्रहरीले आफन्तलाई बोलाएर जिम्मा लगाएको थियो । त्यो प्रकरणमा उनले प्रहरीले आफूलाई फसाएको बताउँदै आएका छन् ।
								
							
							
							
							
							
							
							
							
							
							
								
								
								
								
								
								
