काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । प्रसाईंका छोराले बाबु गैरकानूनीरुपमा थुनिएको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए ।
न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुनाको कारण पेस गर्न र अदालतमा उपस्थित गराउन निर्देशन दिएको हो । उनलाई सार्वजनिक शान्तिमा खलल पुर्याउने अभिव्यक्ति दिएको आरोपमा भक्तपुरस्थित घरबाट मध्यराति पक्राउ गरिएको थियो ।
पक्राउ हुनु अघि प्रसाईंले भदौ ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने, यातायात र अन्य क्षेत्र ठप्प पार्ने चेतावनी दिएका थिए । यससँगै देशको प्रतिष्ठासँग जोडिएको नेपाली प्रिमियर लिग (एनपीएल) पनि रोक्ने धम्की उनीले क्यानका अधिकारीहरूलाई दिएका थिए ।
हाल प्रसाईं काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका छन् ।
प्रकाशित मिति : २०८२ मङ्सिर ५ गते बिहिवार

