काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार एक विदेशी कैदी पक्राउ परेकी छिन् ।
पक्राउ परेकी ३५ वर्षीया जाम्बियाकी अभिशार्ग कपुतुला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई परिसरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
परिसरका एसएसपी रमेश थापाका अनुसार पक्राउ परेकी कैदीलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ । उनी लागू औषधसम्बन्धी कसुरमा कारागार चलान भएकी थिइन् ।
प्रकाशित मिति : २०८२ कार्तिक २४ गते आइतवार

