काठमाडौं । नेकपामा नजाने निर्णय गरेका घनश्याम भूसाल पक्षका नेताहरूले नयाँ दल दर्ताको निवेदन दिएका छन्। आइतबार निर्वाचन आयोगमा संयोजक राजकुमार कक्षपति र सहसंयोजक नन्दलाल बन्जाडे रहनेगरी दल दर्ताको निवेदन दिइएको हो । नयाँ पार्टीको नाम नेकपा (वामपन्थी केन्द्र) राखिएको छ र चुनाव चिन्हका रूपमा सूर्यमुखी फूल प्रस्ताव गरिएको छ। अहिले निर्वाचन आयोगमा कागजात रुजु गर्ने प्रक्रिया चलिरहेको छ।
पार्टी दर्ताका लागि आयोगमा २३ जना सदस्यहरूको सूची समेत बुझाइएको छ । जसमा सुस्मा राई (भोजपुर), योगेन्द्र बस्नेत (ओखलढुंगा), निलम ढुंगेल (मोरङ), मुकुन्द बहादुर रोका (प्यूठान), नरेश प्रसाद न्यौपाने (अछाम), प्रकाश श्रेष्ठ (धादिङ), लोककृष्ण दाहाल (भक्तपुर), समीर गौतम (गुल्मी), नविन कुमार कक्षपति (प्यूठान), एन्जिस राज प्रसाईं (काठमाडौं), मिरा श्रेष्ठ (रुपन्देही), लक्ष्मी गिरी (प्यूठान), नारद उपाध्याय (कालिकोट), अर्जुन अधिकारी (दाङ), विमल नेपाली (दाङ), प्रचण्डमान श्रेष्ठ (तनहुँ), सुकुन्दरी श्रेष्ठ (प्यूठान), प्रेम बहादुर तारामी (सुर्खेत), ठगेन्द्र रसाइली (झापा), जानुका श्रेष्ठ (महोत्तरी), रेशा दुलाल (ललितपुर), सविता तामाङ (काठमाडौं), लक्ष्मी देवी शर्मा (रुपन्देही) र भिम बस्नेत (मोरङ) रहेका छन्।

