काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार सुन तोलाको २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको पनि बढेको छ । अघिल्लो दिन बिहीबार तोलाको ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३ हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४ हजार ३९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५८९ रुपैयाँमा कारोबार भईरहेको छ ।
अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शुक्रवार

