२०८२ मङ्सिर ४ गते बुधवार | 2025 November 19th Wednesday

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन मंगलबार तोलाको ३ हजार ९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ३ हजार १५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ७ हजार ७३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७ सय रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।

Gold and Silver Prices Rise, What Are They Trading At ?

प्रकाशित मिति : २०८२ मङ्सिर ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस