२०८२ मङ्सिर १० गते मङ्गलवार | 2025 November 25th Tuesday

आज सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ५ हजार २ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार पनि सुन तोलाको २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार तोलाको ३ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ३ हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १२ हजार ५३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७४४ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस