२०८२ मङ्सिर १० गते मङ्गलवार | 2025 November 25th Tuesday

विद्यासँग मिलेर ईश्वरले गरे ठूलो घोषणा : तनावमा ओली, एमालेभित्र हलचल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार जारी विज्ञप्तिमा पोखरेलले देशभरका नेता तथा कार्यकर्ताको आग्रह र सुझावलाई ध्यानमा राखेर आफू अध्यक्ष पदका लागि अघि आएको बताएका छन् ।

उनी यसअघि बसेको सचिवालय बैठकमा पनि अध्यक्ष बन्ने तयारीको जानकारी गराइसकेका थिए । पोखरेलले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छोड्न सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा पनि राखेका छन् ।

हाल मंसिर अन्तिम साता तय भएको एघारौं महाधिवेशनमा ओलीले नेतृत्व नछोड्ने तयारी गरिरहेका छन्, तर जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिले नेतृत्व हस्तान्तरण आवश्यक भएको पोखरेलको तर्क छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस