२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

प्रधानमन्त्री, गृहमन्त्री र प्रधान सेनापति सहभागी बैठकको ठूलो निर्णय (विज्ञप्तिसहित)

काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्को बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न संविधानको धारा २६६(१) अनुसार सेना परिचालन आवश्यक ठहर गरेको सचिव सुमनराज अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकमा राष्ट्रिय सुरक्षामा देखिनसक्ने चुनौती, देश–विदेशका पछिल्ला घटनाक्रमले पार्नसक्ने प्रभाव तथा आगामी रणनीतिबारे विस्तृत छलफल भएको थियो।

यसैगरी परिषद्को आठौँ वार्षिक प्रतिवेदन (आ.व. २०८१/८२) मस्यौदामा आवश्यक संशोधन गरी धारा २६६(३) अनुसार राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय पनि भएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस