२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

कसले कति कमाउँछ? सार्वजनिक संस्थानका ‘हाकिम’ हरूको होस उडाउने तलब खुल्यो

काठमाडौँ । सार्वजनिक संस्थानका प्रमुखहरूको तलब–भत्ताबारे सरकारले गरेको अध्ययनले उनीहरू कति कमाउँछन भन्ने तथ्य पहिलोपटक स्पष्ट भएको छ। राजनीतिक लबिङका कारण अत्यधिक ‘पावरफुल’ मानिने यी पदहरूका वास्तविक पारिश्रमिकले पनि ठूलो चर्चा बटुलेको छ।

अध्ययन अनुसार सबैभन्दा धेरै पारिश्रमिक राष्ट्रिय वाणिज्य बैंक (RBB) का प्रमुख कार्यकारी अधिकृतले पाउने गरेका छन्। उनको मासिक तलब–भत्ता ४ लाख ५० हजार रुपैयाँ पुगेको छ। कृषि विकास बैंक र नेपाल बैंकका CEO ले मासिक ४ लाख, नेपाल पर्यटन बोर्ड प्रमुखले ३ लाख ९१ हजार तलब पाउने उल्लेख छ।

त्यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको मासिक पारिश्रमिक २ लाख ९४ हजार, नेपाल टेलिकम र सामाजिक सुरक्षा कोषका प्रमुखले २ लाख ५० हजारका आसपास पारिश्रमिक पाउने देखिएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर २ लाख १६ हजारसहित १३औं स्थानमा छन्। सबैभन्दा कम तलब नेपाल रेल्वे कम्पनीका प्रमुखलाई मात्र ५६ हजार ७८७ रुपैयाँ रहेको छ।

यो विवरण राज्यकोषबाट संचालित निकाय, बोर्ड, समिति तथा सार्वजनिक संस्थानका तलब–भत्ताबारे तयार पारिएको औपचारिक अध्ययनमा आधारित छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस