२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

नयाँ १०० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा : सगरमाथादेखि एक सिंगे गैंडा सम्म के–के छ नयाँ नोटमा?

काठमाडौं । नेपालमा आज (बिहीबार) देखि एक सय दरका नयाँ नोट औपचारिक रूपमा चलनचल्तीमा आएका छन्। नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा संकेत नम्बर ‘क/२०–०००००१’ देखि ‘घ/४०–९९९९९९’ सम्मका नोट बजारमा पठाएको हो।

यसअघि २०७६ असोज ७ मा जारी गरिएको नयाँ नोटको दोस्रो चरणमा अब विस्तारित संकेत नम्बरका नोट चलनचल्तीमा ल्याइएको बैंकले जनाएको छ।

नयाँ नोटमा वायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लागीगुराँसको पानी छाप, बीचमा नेपालको नक्सा र ‘LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA’ लेखिएको अशोक स्तम्भ छ। दृष्टिविहीनका लागि छामेर थाहा पाउने विशेष थोप्लो पनि राखिएको छ।

२ मिलिमिटर चौडाइको रंग बदलिने सुरक्षण धागो, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर, २०८१ सालको उल्लेखसहित नोटको आधारभूत संरचना राखिएको छ।

पछाडिको भागमा ‘NEPAL RASTRA BANK’ को लेखाइ, एक सिंगे गैंडा माउ–बच्चाको चित्र, ‘RUPEES ONE HUNDRED’ र 2024 A.D. लेखिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस