२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

एनपिएल : करण केसीको जादुई प्रदर्शनमा काठमाडौं गोर्खाजको दोस्रो जित

काठमाडौं । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा दोस्रो जित हासिल गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई २२ रनले हरायो।

लुम्बिनीले १५८ रनको लक्ष्य पछ्याएको थियो, तर १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३५ रनमा अलआउट भयो। शेर मल्लले २७, दीलिप नाथ २५, डी’आर्की सट २२ रन बनाए।

काठमाडौंका लागि कप्तान करण केसी प्लेयर अफ दि म्याच बने। उनले सर्वाधिक अविजित ३४ रन बनाए। आकाश त्रिपाठी ३२, सन्तोष यादव २६, मिलिन्ड कुमार र जेराल्ड इरासमस १७–१७, रसिद खान १४ रन बनाउन सफल भए। बलिङमा मिलिन्ड कुमार र जेराल्ड इरासमसले दुई–दुई विकेट लिए भने शाहब आलम, सन्तोष यादव, कप्तान करण केसी र रसिद खानले एक–एक विकेट लिए।

यो जितसँगै काठमाडौंले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ। काठमाडौंले चार खेलबाट चार अङ्क बनाएको छ। लुम्बिनीले भने तीन खेलमा दुई अंक मात्र बटुलेको छ।

बुधबार डे–नाइट खेलमा विराटनगर किङ्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस