२०८२ मङ्सिर २ गते सोमवार | 2025 November 17th Monday

एनपीएल उद्घाटन खेल धमाका : काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई हरायो

काठमाडौं । एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।

काठमाडौँका लागि बेन चार्ल्सवर्थले ४६, आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जोन सिम्पसनले १३ रन योगदान गरे। मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करणा केसीले एक/एक विकेट लिए।

जनकपुरका लागि आसिफ शेखले ५४ रन बनाए। किशोर महतो, अनिल साह, ललित राजवंशी, निकोल लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक/एक विकेट लिए।

एनपीएलको इतिहासमा पहिलो पटक फ्लडलाइटमा खेल भएको हो र अन्य खेलहरू पनि दिन र रातमा हुनेछन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया दिनुहोस