२०८२ कार्तिक १७ गते आइतवार | 2025 November 2nd Sunday

प्रधानमन्त्रीले अचानक किन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई बैठकमा बोलाइन्?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन्। बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

बैठकमा कोसीका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेसका जितेन्द्रप्रसाद सोनार, बाग्मतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका कमलबहादुर शाह सहभागी हुनेछन्।

प्रधानमन्त्री कार्कीले संघीय र प्रादेशिक सरकारबीच संवाद र सहकार्य सुदृढ गर्नका लागि बैठक आह्वान गरेकी हुन्।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस