२०८२ मङ्सिर १० गते मङ्गलवार | 2025 November 25th Tuesday

रास्वपाका जिल्ला सभापतिको निर्णयले पार्टीभित्र हलचल मच्चायो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौँ सभापति प्रदीप विष्टले सोमबार आफ्नो राजीनामा फिर्ता लिएका छन् । पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् कि जिल्ला सभापति विष्टले राजीनामा फिर्ता लिएका हुन् ।

विष्टले उठाएका मुद्दा (पारदर्शिता, बेथिति र निर्णयहीनता)पार्टीले सम्बोधन गर्ने सहमति भएपछि उनले राजीनामा फिर्ता लिएका हुन् । गत शुक्रबार पदबाट राजीनामा दिने निर्णय गर्दा विष्टले पार्टी कमिटीमा यी विषय उठाएका थिए, तर तत्काल सम्बोधन नभएको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस