काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले अचानक पार्टी छाडेका छन् । पार्टीको प्रमुख सचेतक रहेर सक्रिय परियारले कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाउँदै अब नयाँ राजनीतिक अभियानमा लाग्ने घोषणा गरेका हुन् ।
उनी पार्टीभित्र निरन्तर बहस गर्दा पनि आफ्ना विचार स्थापित गर्न नसकिएको उल्लेख गर्दै नेपाली समाजअनुरूपको राजनीति निर्माण गर्न नसकिएकोमा दुःख व्यक्त गर्छन् । भदौ २३ र २४ को ‘जेनजी विद्रोह’ले पुरानो राजनीतिक संरचना टिक्न नसक्ने देखाएको भन्दै कात्तिक २८ देखि आफू रास्वपाको कुनै भूमिकामा नबस्ने बताएका छन् ।
नेतृत्व परिवर्तनको बहसमा सक्रिय परियारको कम्युनिस्ट पृष्ठभूमि रहेकाले उनी जनार्दन शर्मा, घनश्याम भुसाल, विप्लव, मानुषी यमीलगायतसँग संवादमा रहेको बताइन्छ । यसअघि सुमना श्रेष्ठले पनि असन्तुष्टि जनाउँदै पार्टी छाडेकी थिइन् ।
परियारले माओवादी केन्द्र छाडेका जनार्दन शर्मासँग छलफल थालेका छन्। नयाँ अभियान सुरु गर्ने भन्दै रास्वपा परित्याग गरेका परियार र शर्माबीच अहिले छलफल भइरहेको छ।


