काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ५ हजार ९ सय रुपैयाँले बढेर २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो बुधबार सुन तोलाको २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बुधबार तोलाको ३ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १४ हजार ५०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८६८ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २०८२ कार्तिक २८ गते बिहिवार

