२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

चर्चित रेडियोका सञ्चालक पत्रकार दिपेन्द्र खनियाँको रहस्यमय मृ`त्यु, के भन्छ प्रहरी?

काठमाडौं । पत्रकार तथा रेडियो अडियो एफएमका सञ्चालक दिपेन्द्र खनियाँ बानेश्वरस्थित घरमा मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार आइतबार दिउँसो करिब १२ बजे घरको बरन्डामा तारको पासोमा झुन्डिएको अवस्थामा शव भेटिएको हो।

घटनास्थलको मुचुल्का उठाइएपछि खनियाँको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

थापागाउँ, बानेश्वरमा बस्दै आएका खनियाँको मृत्युबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस