२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

२७ महिनादेखि हराइरहेका वडाध्यक्षबारे अमेरिकाबाट चकित पार्ने खुलासा!

काठमाडौं । पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष शिवबहादुर थापा स्वास्थ्य उपचारका लागि घरबाहिर गएको भन्दै २७ महिनादेखि सम्पर्कबाहिर रहनु भएको छ। २०८० भदौ १५ गते उहाँले वडासदस्य लिलावती पौडेललाई कार्यवाहक जिम्मेवारी दिएर देश बाहिर जानुभएको थियो।

जिम्मेवारी दिएर हिँडेका थापा हाल अमेरिकामा बस्नु भएको बुझिएको छ। कार्यवाहक वडाध्यक्ष पौडेलले उहाँको प्रतिक्षामा रहे पनि जनताको काम रोकिएला भन्ने चिन्तामा व्यस्त रहनु परेको बताउनुभयो।

नगरपालिका प्रमुख तुलसीराम रेग्मीले भने, थापाको अमेरिका गएको र पालिकालाई यसबारे जानकारी नभएको बताउनुभयो। पालिकाले २०८० भदौदेखि २०८१ असारसम्म यातायात, पत्रपत्रिका, मोबाइल रिचार्ज, बैठक र अन्य सेवा सुविधामा दुई लाख ७६ हजार १९० रुपियाँ भुक्तानी गरेको थियो।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले वडाध्यक्षको सम्पर्क नभएको पुष्टि गर्दै साउन २०८१ देखि सेवा सुविधा रोकिएको जानकारी दिनुभयो। थापा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो, तर पार्टीसँग कुनै सल्लाह नगरेको नगर सभापति सुरजकुमार अधिकारीले स्पष्ट गर्नुभयो।

प्रकाशित मिति : २०८२ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस