२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

एमाले स्थायी कमिटी सदस्य थापामाथि पार्टी कार्यालयमै दुर्व्यहार (भिडियो भाइरल)

काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापालाई पार्टी कार्यालय च्यासलमा दुर्व्यहार गरिएको भिडियो सार्वजनिक भएको छ।

थापाका अनुसार, अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा टोलीमा खटिएका केही व्यक्तिले उनीमाथि दुर्व्यहार गरेका हुन्। ‘अध्यक्षले आउनुस् भन्नुभएकाले जाँदै थिएँ, तर सुरक्षामा खटिएका व्यक्तिहरू राजनीतिक व्यवहार गर्न जान्दैनथे,’ थापाले भने।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘यो सामान्य कुरा हो। अध्यक्षको सुरक्षार्थ खटिएका व्यक्तिहरूले यति गर्ने नै भए।’

थापाले यसले पार्टीकै बद्नाम भइरहेको र अध्यक्ष ओलीसँग समेत कुरा गरिएको बताए। उनले ओलीलाई आग्रह गरेका छन् कि गलत व्यक्तिहरूलाई सुरक्षामा नलगाउन। अध्यक्षले भने ती व्यक्तिहरूको बारेमा बुझ्ने बताएका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस