२०८२ मङ्सिर ५ गते बिहिवार | 2025 November 20th Thursday

सर्वोच्चमा सभामुखको झट्का : प्रधानमन्त्री नियुक्ति र संसद विघटनमा नयाँ बबाल

काठमाडौं । सभामुख देवराज घिमिरेले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटन र निर्वाचन मिति घोषणा दुवै असंवैधानिक भएको बताएका छन्।

घिमिरेले रिटमा जबाफ दिँदै संविधानको पालक र संरक्षक राष्ट्रपतिको सट्टा संवैधानिक व्यवस्था विपरीत प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेका छन्। उनका अनुसार असंवैधानिक नियुक्तिका कारण संसद विघटन र मिति घोषणा कार्यान्वयन योग्य छैन।

घिमिरेले संविधानको धारा ७६ र १३२ अनुसार प्रतिनिधि सभाको सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नु कानुनी शासन र संवैधानिक व्यवस्था विपरीत रहेको ठहर गरेका छन्। उनले भनेका छन् कि प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशलाई अन्य पदमा नियुक्त गर्नु संविधान बमोजिम निषेध गरिएको छ, र प्रधानमन्त्री पदमा नियुक्ति यसअन्तर्गत पूर्णत: गैरसंवैधानिक रहेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस