२०८२ मङ्सिर १२ गते बिहिवार | 2025 November 27th Thursday

सुदूरपश्चिम रोयल्सको चौथो धमाकेदार जित : अब प्लेअफ लगभग पक्का?

काठमाडौं । सुदूरपश्चिम रोयल्स लगातार चौथो जित निकाल्दै दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको प्लेअफ नजिक पुगेको छ।

बिहीबार लुम्बिनी लायन्समाथि ७ विकेटको जित निकाल्दै सुदूरपश्चिमले चार खेलबाट ८ अंक जोडेको छ। त्रिवि मैदानमा १४४ रनको लक्ष्य पछ्याउँदै टोलीले १८.२ ओभरमा १४५/३ रन बनायो।

ओपनर विनोद भण्डारीले नटआउट ६९ रनको शानदार पारी खेले। उनले ५ चौका र ४ छक्का प्रहार गरे। आरिफ शेखले ३९ तथा क्रिस लिनले १७ रनको योगदान गरे।

लुम्बिनीका रुवेन ट्रम्पेमेन, तिलक भण्डारी र अभिषेक गौतमले एक–एक विकेट लिए।

पहिले ब्याटिङ गरेको लुम्बिनी १९.४ ओभरमा १४३ रनमै समेटियो। कप्तान रोहित पौडेलले ३५, दिलिप नाथले ३१ र ड्रेसी शर्ट तथा सुमित महर्जनले १८–१८ रन बनाए।

सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंहले ३–३ विकेट लिए। हेमन्त धामीले २ तथा स्कट गुग्गलेइनले १ विकेट लिए।

सुदूरपश्चिम ८ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदा लुम्बिनी ४ खेलमा २ अंकसहित प्लेअफको दौडमा कठिन अवस्थामा पुगेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस