२०८२ मङ्सिर ५ गते बिहिवार | 2025 November 20th Thursday

कार्की सरकार हल्लियो ! २३ जेनजी समूहको ‘निर्णायक प्रहार’ पत्र राष्ट्रपतिसमक्ष

काठमाडौं । जेनजी आन्दोलनको अपेक्षा पूरा गर्न सरकार पूर्ण रूपमा असफल भएको भन्दै जेनजी समूहहरूले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार फिर्ता बोलाउन माग गरेका छन् ।

बिहीबार, २३ जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त ज्ञापनपत्र बुझाउँदै कार्की सरकारलाई तत्काल फिर्ता गरी नयाँ सरकार गठनका लागि मध्यस्थता गर्न आग्रह गरे । ज्ञापन बुझाउनेमध्ये धेरैजसो राजावादी जेनजी समूह रहेको बताइएको छ ।

जेनजीहरूले भ्रष्टाचारमा संलग्नमाथि कारबाही, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन, आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही, घाइतेको उपचार र शहीद परिवारलाई क्षतिपूर्ति—सबै माग बेवास्ता गरिएको आरोप लगाएका छन् ।

ज्ञापनपत्रमा उनीहरूले भनेका छन् कि विद्रोहको जगमा बनेको सरकारले न्यूनतम अपेक्षा पनि नपुर्याई केवल चुनावतर्फ लागेर दिशा हराएको छ । यदि माग पूरा भएन भने अर्को शान्तिपूर्ण आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस