२०८२ कार्तिक ३० गते शनिवार | 2025 November 15th Saturday

काठमाडौंको बीच सडकमा अचानक देखियो यस्तो दृश्य, देखेर जोकोही हैरान

काठमाडौं । नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको छ। सिभिल अस्पतालबाट तीनकुनेतर्फ जाने बाटोमा पाइप फुटेपछि सडकले भीषण पानी बगाएको छ।

पानी फैलिँदै जाँदा सवारीसाधन र पैदलयात्री समस्यामा परेका छन्। आकाशे पुलको छेउमै पाइप फुटेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पानी बगेर सिधै खोलामा पुगेकाले ठूलो जोखिम भने छैन।

प्रकाशित मिति : २०८२ कार्तिक ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस