२०८२ माघ २५ गते शनिवार | 2026 February 7th Saturday

भाइरल होटल का ण्ड : केटाको रहस्यमय मृ त्यु, बुढा विदेश भएकी महिला समातिइन्, के भन्छ प्रहरी ?

"14-year-old girl's body found buried, grandfather among six arrested"

काठमाडौं । बुटवलमा एक पुरुषको होटलमा रहस्यमय ढंगले मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका–६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको शनिबार दिउँसो मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाका अनुसार क्षेत्रीको मृत्युबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। शवमा बाहिरी चोटपटक नदेखिएको र मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने उनले बताए।

प्रहरीका अनुसार क्षेत्री शनिबार दिउँसो बुटवल–२ पाखा पानीकी ३० वर्षीय विवाहित महिलासँग होटल पुगेका थिए। ती महिलाका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन्।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनीहरूले फरक–फरक कोठा बुक गरे पनि एउटै ठाउँमा बसेर खाजा खाएका थिए। केही बेरपछि क्षेत्री अचानक बेहोस भएपछि महिलाले होटल सञ्चालकलाई जानकारी गराएकी थिइन्। उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पु‍र्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले क्षेत्रीसँगै रहेकी महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस