२०८२ कार्तिक १७ गते आइतवार | 2025 November 2nd Sunday

रक्षा बमलाई मन्त्री बन्न नदिने को हो ? सुदन गुरुङको अडियो लिक भएपछि सबै रहस्य खुल्यो

काठमाडौँ — अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सरकारमा जेन–जी अभियन्ता रक्षा बमको मन्त्री नियुक्ति रोकिएको दाबी हामी नेपालका संस्थापक सुदन गुरुङले गरेका छन्। नेपाल प्रेसलाई प्राप्त भएको अडिओमा गुरुङले बमको नाम NGO/INGO मा जोडिएको कारणले नियुक्ति रोकेको बताएका छन्। अडिओ रेकर्ड र स्रोतका अनुसार उक्त संवाद रानीबारीस्थित ‘हामी नेपाल’ कार्यालयमै रेकर्ड गरिएको थियो र त्यहाँ केही जेन–जी आन्दोलनका सहभागीहरू पनि उपस्थित थिए।

अडिओमा गुरुङले गृह मन्त्रालयका स्वकीय सचिव धिरज जोशीलाई फोनमा सोधपुछ गर्दै सुदूरपश्चिमबाट प्रतिनिधित्वको विषय र सम्बन्धी समूहसँग परामर्श नगरी निर्णय नलिनु पर्ने बताए। अडिओमा सहभागी केही युवा कार्यकर्ताले ती व्यक्तिविरुद्ध आक्रोशपूर्ण प्रतिक्रिया देखाएका र बोलेका दृश्यहरू पनि सुन्न सकिन्छ।

गुरुङले सरकारले रक्षा बमको नाम NGO/INGO सम्बन्धी विषयमा उठेकोले उनीलाई अघि नल्याइएको र निर्णय लिन अघि स्थानीय प्रतिनिधि तथा सम्बद्ध पक्षहरूसँग परामर्श आवश्यक भएको बताउनुभएको छ। घटनाबारे थप अनुसन्धान र आधिकारिक टिप्पणी प्राप्त हुन बाँकी छ।

प्रकाशित मिति : २०८२ कार्तिक १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस