२०८२ पुष ९ गते बुधवार | 2025 December 24th Wednesday

गगनदेखि शेखरसम्म : कांग्रेसका २४ सांसदले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेनन् (नामसहित)

काठमाडौँ । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा ६५ सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा रिट दायर गरे पनि नेपाली कांग्रेसका २४ सांसदले हस्ताक्षर गरेका छैनन्।

मंसिर २३ गते ८ सांसदले रिट दायर गरेका थिए भने मंगलबार थप ५७ सांसदले पूरक रिट दर्ता गरेका थिए। सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाइ सकिएको छ।

हस्ताक्षर नगर्ने सांसदहरूमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला लगायतका नेता छन्।

हस्ताक्षर नगर्ने २४ सांसदहरू:
१. अर्जुन नरसिंह के.सी.
२. डा. आरजु राणा
३. उदय शमशेर राणा
४. कुसुमदेवी थापा
५. गगन कुमार थापा
६. दिक्पाल कुमार शाही
७. धनराज गुरुङ
८. पूर्ण बहादुर खड्का
९. प्रतिमा गौतम
१०. प्रदीप पौडेल
११. मुक्ता कुमारी यादव
१२. मैना कार्की
१३. मोहन बहादुर बस्नेत
१४. योगेश गौचन थकाली
१५. लिलादेवी वोखिम (लिम्बू)
१६. विमलेन्द्र निधि
१७. विश्वप्रकाश शर्मा
१८. डा. शेखर कोइराला
१९. शेर बहादुर देउवा
२०. सपना राजभण्डारी
२१. सिता मिजार
२२. सुरेन्द्र राज आचार्य
२३. संजय कुमार गौतम
२४. हृदयराम थानी

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस