काठमाडौँ । अदालतको आदेशपछि पदमा फर्किएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग बिहीबार भेटेका छन्। बुधबार पदबहाली गरेका शाक्यले मन्त्री घिसिङ र ऊर्जा सचिवलाई हाजिर भएको जानकारी गराएका थिए।
भेटमा मन्त्री घिसिङले विगतका विवाद भन्दा परिणाममुखी काममा ध्यान दिन निर्देशन दिएका छन्। सबै सरोकारवालाको गुनासो सुन्दै सरकार र प्राधिकरणको हितमा काम गर्न उनले आग्रह गरेका छन्।
शाक्यले पनि पहिलेझैँ मिलेर, अझ बढी जोस र इमानदारितासहित काम गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते बिहिवार

