काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच देउवा निवास महाराजगन्जमा शुक्रबार अपरान्ह भेटवार्ता भएको छ। दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था र संसद पुनःस्थापनासम्बन्धी विषयमा विस्तृत छलफल भइरहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार भेटवार्तामा देउवाकी धर्मपत्नी डा. आरजु राणा र ओलीकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी छन्। जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिएपछि पूर्वप्रधानमन्त्रीद्वय बीच भएको यो सम्भवतः पहिलो अनौपचारिक भेट हो।
प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शुक्रवार

