२०८२ माघ २३ गते बिहिवार | 2026 February 5th Thursday

सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटे, के भयो कुराकानी?

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। मंगलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार गुरुङले जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौता प्रक्रिया छिटो टुंग्याएर राष्ट्रपति समक्ष हस्ताक्षरका लागि लैजानुपर्ने बताएका छन्। उनले आन्दोलनका कारण केही युवालाई प्रहरीले धरपकड गरेको र धरौटी तिर्न नसक्दा पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो पनि राखेका थिए।

गत साता नै सम्झौता गर्ने भनिए पनि ढिलाइ भइरहेको बेला गुरुङ प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस