काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको एक हजार रुपैयाँले बढेर २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बुधबार तोलाको ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १६ हजार ९९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार २६२ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते बिहिवार

