काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १७ सय रुपैयाँले घटेर २ लाख ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन सोमबार तोलाको ३ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेको ३ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २२ हजार ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ३३० रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २०८२ पुष १ गते मङ्गलवार

