२०८२ पुष १० गते बिहिवार | 2025 December 25th Thursday

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ६ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन बुधबार तोलाको ४ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २९ हजार ३४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ७७२ रुपैयाँमा कारोबार भईरहेको छ ।

Gold and Silver Prices Fall Today – What Are the Rates?

प्रकाशित मिति : २०८२ पुष १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस