२०८२ पुष १३ गते आइतवार | 2025 December 28th Sunday

आजपनि ह्वात्तै बढेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ४ हजार ५६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ४ हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३१ हजार ९९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रकाशित मिति : २०८२ पुष १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस