२०८२ पुष ९ गते बुधवार | 2025 December 24th Wednesday

देशभर पश्चिमी वायुको प्रभाव : तराईमा दिनभर हुस्सु, पहाडी भेगमा मौसम सफा

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरोको बाक्लो प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रहे पनि अन्य प्रदेशहरूमा आंशिक बदलीको अवस्था रहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो कोशी प्रदेशका तराई क्षेत्रमा मध्याह्नसम्म र बाँकी तराईका भू(भागमा दिनभरि नै हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। पहाडी तथा हिमाली भू(भागमा भने मौसम सामान्यतया सफा रहने देखिन्छ। आज राति पनि तराईमा कुहिरो कायम रहनेछ भने अन्य क्षेत्रमा मौसम सफा नै रहने महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा लागेको हुस्सु र कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस