काठमाडौं। ललितपुरको यूएनपार्कस्थित बागमती करिडोर सडकखण्डमा बिहीबार करिब ४ बजेको समयमा पाँचवटा सवारीसाधन ठोक्किँदा स्कुटर चालक राजिव सिन्हाको मृत्यु भएको छ।
कुपण्डोल पुलबाट यूएनपार्क तर्फ जाँदै गरेको भ्यानले विपरीत दिशाबाट आएको विभिन्न सवारीसाधन र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। घाइते सिन्हालाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
चारवटै सवारीसाधनका चालक पक्राउ परेका छन् र प्रहरीले दुर्घटनाको थप अनुसन्धान जारी राखेको छ।
प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते बिहिवार

