२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

मधेशको राजनीतिमा नयाँ ट्विस्ट : सर्वोच्चको आदेशले संकटमा एमालेका मुख्यमन्त्री सरोज यादव

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ। ७३ जना सांसदहरूले गैरसंवैधानिक नियुक्ति भएको दाबी गर्दै दायर गरेको रिट निवेदनमा अदालतले यस्तो निर्देशन दिएको हो।

अब मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्नुपर्नेछ। यदि मत पाए भने उनी पदमा निरन्तर रहिरहनेछन्, नपाए भने सर्वोच्चले अर्को विकल्प अघि बढाउन आदेश दिएको छ।

साथै आदेश अनुसार प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा २ बमोजिम संयुक्त सरकार गठन प्रक्रिया अघि बढाउनुपर्नेछ।

प्रकाशित मिति : २०८२ मङ्सिर १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस