२०८२ माघ २३ गते बिहिवार | 2026 February 5th Thursday

केपी ओलीलाई समात्ने तयारी, महेश बस्नेतले खुलाए सबै खेल

काठमाडौं। नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको गोप्य भेटमा केपी शर्मा ओलीलाई गिरफ्तार गर्नेबारे चर्चा भएको दाबी गरेका छन्। उनले हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पनि ओली जाँचबुझ आयोगमा बयान दिन जानुपर्ने भनाइ दिएको उल्लेख गर्दै दुवै घटनालाई आपसमा जोडेर प्रस्तुत गरे।

उनका अनुसार एमालेमाथि अहिले विभिन्न कोणबाट दबाब सिर्जना गर्ने प्रयास हुँदैछ। बस्नेतले महाधिवेशनअघि नै पार्टीभित्र आतंक फैलाउने, सहभागी संख्या घटाउने र अन्ततः महाधिवेशनको परिणामलाई प्रभावित पार्ने योजनाहरू सक्रिय रहेको आरोप लगाए।

उनले विरोधीहरू चुनाव भएमा ओलीलाई हराउन, नसकेमा उनको भोट घटाउने रणनीतिमा लागेको दाबी पनि गरे। बस्नेतका अनुसार एमालेले यस्ता सबै चाल–चक्र फोड्दै अघि बढ्नेछ र अध्यक्ष ओलीमाथि कुनै दबाब वा गिरफ्तारीको योजना असफल हुनेछ।

प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस