काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटमा आज दुई खेल हुँदैछन् पहिलो खेलमा बिहान सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससँग खेल्दैछ । सुदूरपश्चिम एक खेलअघि नै शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेको छ भने विराटनगर यो खेल जित्दा मात्र पहिलो क्वालिफायर खेल्न पाउने छ । विराटनगर पराजित हुँदा तेस्रो स्थानमा रहेर इलिमिनेटर खेल्नेछ । यदि विराटनगर पराजित भए सुदूरले काठमाडौँ गोर्खाजसँग पहिलो क्वालिफायर खेल्न पाउने छ । इलिमिनेटरमा चौथो स्थानमा रहेर लिग सकाएको लुम्बिनी लायन्स रहेको छ ।
आजको दोस्रो खेल
आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोज भिड्दै छन् । प्लेअफ होडबाट बाहिरिएका दुवै टिम सान्त्वना जितसहित पाँचौँ स्थानमा रहेर लिग सकाउन भरमग्दूर प्रयास गर्नेछन् ।
अंक तालिका
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिममात्र अपराजित रहेको छ । सुदूरले खेलेका ५ ओटै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको काठमाडौँ गोर्खाज लिग चरणका सबै ७ खेल खेलेर १० अंकसहित दोस्रो स्थानमा रहेको छ । विराटनगर ६ खेलमा चार खेल जितेर ८ अंकसहित तेस्रो स्थानमा छ । लुम्बिनी लायन्स ७ खेलमा ८ अंकसहित चौथो स्थानमा रहेर प्लेअफमा पुगेको हो । योसँगै बाँकी चार टिम प्लेअफ होडबाट बाहिरिएका छन् । पोखरा एभेन्जर्स ६ खेलमा ४ अंकसहित पाँचौँ स्थानमा छ । चितवन राइनोज ६ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा छ । कर्णाली याक्स ६ खेलमा २ अंकसहित सातौँ स्थानमा छ । साविक विजेता जनकपुर ६ खेलबाट २ अंकसहित पुछारमा छ । लिग चरणको अन्तिम खेलमा आइतबार कर्णाली र जनकपुर खेल्नेछन् ।

