२०८२ मङ्सिर २० गते शुक्रवार | 2025 December 5th Friday

घट्यो सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ७० रुपैयाँले घटेर प्रतितोला तीन हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको हो ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस