काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ७ सय रुपैयाँले बढेर २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन मंगलबार तोलाको ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ४ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २२ हजार ६५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ४७७ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार

