२०८२ फाल्गुन ९ गते शनिवार | 2026 February 21st Saturday

काठमाडौंमा दुई ठूला सवारी दुर्घटना, मृतक दुई युवाको को हुन् ?

"One killed and 12 injured in a bus accident in Sindhuli."

काठमाडौँ । काठमाडौँका फरक–फरक स्थानमा भएका दुई सवारी दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ।

बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटार चोकमा मोटरसाइकल दुर्घटना हुँदा रामेछाप खाँडादेवी गाउँपालिका–३ का अवि श्रेष्ठको मृत्यु भएको छ। चक्रपथबाट बूढानीलकण्ठतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, काठमाडौँ महानगरपालिका–१२ टेकुमा इभी गाडी र मोटरसाइकल ठोक्किँदा काभ्रे बेथानचोक गाउँपालिका–२ का ३० वर्षीय दीपक बजगाईँको ज्यान गएको छ। गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति : २०८२ पुष १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस