२०८२ माघ २३ गते बिहिवार | 2026 February 5th Thursday

बालुवाटारको सर्वपक्षीय बैठकमा को-को छन्? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ। आसन्न निर्वाचनका तयारी, सुरक्षा व्यवस्था र आवश्यक वातावरणबारे छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारबाट प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल सहभागी छन्।

निर्वाचन आयोगबाट कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्त जानकीकुमारी तुलाधर, आयुक्त सगुनशमशेर राणा, सचिव महादेव पन्थ, सहसचिव नारायण प्रसाद भट्टराई, यज्ञप्रसाद भट्टराई, र राजेन्द्रकुमार केसी उपस्थित छन्।

दलहरूबाट

  • नेपाली कांग्रेस: गगन थापा, पुष्पा भुसाल

  • नेकपा (एमाले): शंकर पोखरेल, महेश बर्तौला

  • नेकपा (माओवादी केन्द्र): शक्ति बस्नेत, प्रकाश ज्वाला

  • रास्वपा: शिशिर खनाल, सोबिता गौतम

  • राप्रपा: राजेन्द्र गुरुङ, भुवन पाठक

  • जसपा नेपाल: प्रकाश अधिकारी

  • जनमत पार्टी: नरेन्द्र चौधरी

सुरक्षा निकायबाट
प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी छन्।

बैठकले आगामी निर्वाचन सुरक्षित र व्यवस्थित रूपले सम्पन्न गर्न आवश्यक तयारीबारे विस्तृत समीक्षा गरिरहेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस