२०८२ पुष २४ गते बिहिवार | 2026 January 8th Thursday

काठमाडौँमा लगातार चिसो बढ्दो, न्यूनतम तापक्रम थप घट्यो !

काठमाण्डौँ । काठमाडौँ उपत्यकामा लगातार न्यूनतम तापक्रम घटेको छ भने चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो । अझ यो सुरुवाती मापन मात्र हो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनस् मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ ।

सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा थियो भने आइतबार ४ डिग्री सेल्सियस थियो । सोमबार काठमाडौँमाको अधिकतम तापक्रम भने १५.३ डिग्री सेल्सियस थियो भने आइतबार १५.७ डिग्री सेल्सियस थियो । मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ ।

न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो ।

 

 

प्रकाशित मिति : २०८२ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस